मोवाइल सेवाको सिमकार्ड/रिमकार्ड बिक्री वितरण सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरूरी सूचना

मोवाइल सेवाको सिमकार्ड/रिमकार्ड बिक्री वितरण सम्बन्धमा

नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको

अत्यन्त जरूरी सूचना

मोवाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्डहरू बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (KYC) रितपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी सेवा प्रदायकहरूबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भईरहेको भन्ने बुझिन आएकोले मोबाइल सेवा प्रदायकहरूले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रितपूर्वक फारम (KYC) भर्न लगाई र विवरणहरू रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्न र ग्राहकहरूले पनि आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइएको छ | यस सूचना विपरित हुने गरी सिमकार्ड/रिमकार्ड खरिद बिक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ|

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
जमल, काठमाडौं, नेपाल
फोन नं: ५३५५४७४, फ्याक्स नं: ५३५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np