मूल्य निर्धारण समिति गठन गर्न आशयपत्र दर्ता गर्ने सम्बन्धी सूचना

मूल्य निर्धारण समिति गठन गर्न आशयपत्र दर्ता गर्ने सम्बन्धी सूचना

श्री स्मार्ट टेलिकम प्रा.लि.लाई प्राधिकरणबाट मिति २०७०।०१।०२ मा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-01) स्वतः खारेज भएकोले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली२०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्नको लागि यस अघि मिति २०८०/०५/०६ मा प्रकाशित सूचना अनुसार प्राप्त भएको आशयपत्रहरुको मूल्यांकन गर्दा तपशिल बमोजिमको समितिको सदस्य पदमा कुनै पनि निवेदक उतीर्ण हुन नसकेकोले उक्त पदमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र तपसिल बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिहरुबाट ७ दिन भित्र सिलबन्दी आशयपत्र दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना पुन: प्रकाशन गरिएको छ |

तपसिल

सि.नं.

पद

योग्यता

अनुभव

(क)

सदस्य 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको। 

चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरी कम्तीमा दश वर्ष लेखापरीक्षकको रुपमा काम गरेको व्यक्ति। 

आशयपत्रसाथ संलग्न गर्नुपर्ने कागजातहरु:

  1. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
  2. हस्ताक्षर सहितको व्यक्तिगत विवरण (Bio-Data)
  3. व्यक्तिगत विवरण (Bio-Data) मा उल्लेख भए बमोजिमको शैक्षिक प्रमाणपत्र र कार्य अनुभवको पुष्टि हुने कागजात |
  4. साथै अनुमतिपत्र वहाल नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३(२) बमोजिम स्मार्ट टेलिकम प्रा.लि.संग संलग्नता वा आवद्धता नरहेको भनी हस्ताक्षर गरी स्व:घोषणा गरेको कागजात |

नोट: सि.नं.१ र ३ को हकमा नोटरी पब्लिकबाट प्रमाणित गरेको हुनुपर्दछ |