IP PABX सेवा संचालन सम्बन्धमा अत्यन्त जरुरी सूचना

IP PABX सेवा संचालन सम्बन्धमा अत्यन्त जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः-२०८०/१०/२८ गते)

 

उपरोक्त सम्बन्धमा IP PABX सेवा संचालन सम्बन्धमा यस प्राधिकरणबाट देहाय बमोजिमको व्यवस्था लागू गरिएको हुँदा सोही बमोजिम गर्न, गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई यसै सूचना मार्फत जानकारी गराईएको छ ।

1. कुनै पनि संस्थाबाट माग भई आएमा प्राधिकरणबाट दूरसंचार सेवा संचालन गर्न अनुमति प्राप्त सेवा प्रदायकले अनुमतिपत्रको अधिनमा रही निवेदक संस्थाको मूख्य कार्यलय तथा नेपाल भित्र रहेको शाखा कार्यालयहरुमा मात्र IP PABX प्रयोग गरी Voice Communication गर्न सकिने व्यवस्था गर्ने ।

2. उक्त सेवाको नकारात्मक असरलाई न्यूनीकरण गर्न सम्बन्धित सेवा प्रदायक र सेवा प्राप्त गर्ने संघ/संस्था बीच आपसी समझदारीमा SIP को Port No. /Session Limit गर्न सक्ने र यदि Port No. /Session Limit गर्ने सन्दर्भमा दुई पक्ष बीच आपसी समझदारी नभएमा प्राधिकरणबाट हुने निर्णय अन्तिम निर्णय हुने ।

3. IP PABX प्रयोग गर्ने सम्बन्धित संघ/संस्थाले सेवा संचालन गर्न प्रयोग भएको नेटवर्कमा Public IP को प्रयोग गरी नेपाल बाहिरबाट कल ल्याई PSTN/PLMN/ISDN नेटवर्कमा Connection/Interconnect गर्न/ गराउन पाईने छैन ।

  

नेपाल दूरसञ्‍चार प्राधिकरण

नियमन महाशाखा

अन्तरआबद्धता तथा नम्बरिङ्ग शाखा

जमल, काठमाण्डौ

पो.ब. नं: 9754

फोन नं: +977-1-5355474, फ्याक्सः +977-1-5355250

Email: ntra{at}nta.gov.np, info{at}nta.gov.np