साइवर सुरक्षा विनियमावली, २०७७ संशोधन गर्ने सम्बन्धमा सबै सरोकारवालाहरुलाई आफ्नो राय, सल्लाह सुझावहरु उपलब्ध गराउन नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

साइवर सुरक्षा विनियमावली, २०७७ संशोधन गर्ने सम्बन्धमा सबै सरोकारवालाहरुलाई आफ्नो राय, सल्लाह सुझावहरु उपलब्ध गराउन नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

 

(प्रथम पटक प्रकाशित मिति२०८० साउन १ गते)

(पुन: प्रकाशित मिति – २०८० असोज ०५ गते)

 

साइबर सुरक्षाका मापदण्डहरु तथा उत्कृष्ट अभ्यासहरूको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्‍चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीहरुको विश्वासनियता कायम राख्न नेपाल दूरसञ्‍चार प्राधिकरणले दूरसञ्‍चार ऐन, २०५३ (१९९७) को दफा ६२ ले दिएको अधिकारको प्रयोग गरी साइबर सुरक्षा  विनियमावली, २०७७ लागू गरेको सम्बन्धित सबैमा विदितै छ । हाल प्राधिकरणबाट उक्त विनियमावली संशोधनको प्रक्रिया अगाडी बढाइएको हुँदा सम्बन्धित सबै सरोकारवालाहरु लगायत विनियमावलीका व्यवस्थाहरु पालना गर्ने सन्दर्भमा दूरसञ्‍चार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावलीमा संशोधन गर्नुपर्ने कुनै विषयहरु भए यो सूचना प्रकाशन भएको मितिले चौध (१४) दिनभित्र बुँदागत रुपमा  र संशोधन गर्नुपर्नाको कारण पुष्ट्याई सहित लिखित रुपमा आफ्नो राय, सल्लाह, सुझाव देहाय बमोजिमको ठेगानामा उपलब्ध गराउन आव्हान/अनुरोध गरिएको छ ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

राष्ट्रिय नाचघर, जमल

काठमाण्डौ, नेपाल

फोनः ५३५५४७४, फ्याक्सः ५३५५२५०

ईमेल: cert@nta.gov.np, वेबसाइट: www.nta.gov.np