मूल्य निर्धारण समिति गठन गर्न सूची दर्ता गर्ने सम्बन्धि सूचना |

सार्वजनिक सूचना

मूल्य निर्धारण समिति गठन गर्न सूची दर्ता गर्ने सम्बन्धि सूचना

(तेस्रो पटक प्रकाशित मिति: २०८०/०३/०८)

 

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्न यस अघि दुई पटक सूचना प्रकाशित गर्दा समेत सूचना प्रविधि वा दूरसञ्चार क्षेत्रको विज्ञ (सदस्य)को योग्यता भएका कुनै पनि ब्यक्तिहरुबाट प्रस्ताव प्राप्त नभएकोले उपरोक्त सदस्यको लागी १५ दिन भित्र सिलबन्दी सूची दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि पुन: यो सूचना प्रकाशन गरिएको छ।

 

नोट: विस्तृत विवरणका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ मिति २०७९ मंसिर १९ गतेको राजपत्र हेर्नुहोला। साथै सिलबन्दी कोटेशनको बाहिर सिलबन्दी कोटेशनमा उल्लेख भएको पद स्पष्ट लेख्नु होला।