इन्टरनेट तथा डाटा सेवा शुल्कमा २५% छुट दिने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

इन्टरनेट तथा डाटा सेवा शुल्कमा २५% छुट दिने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

 

कोभिड-१९ को संभावित संक्रमणलाई दृष्टिगत गरी विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु मात्र सूचारु गरी नेपाल सरकारबाट मुलुकभर लकडाउन गरिएको सन्दर्भ तथा मिति २०७६ साल चैत्र १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको दूरसञ्‍चार कम्पनिहरुले लकडाउनको अवधिमा इन्टरनेट प्रयोग गर्ने ग्राहकहरुलाई २५% छुट दिने व्यवस्था मिलाउन निर्देशन दिने भन्ने निर्णय कार्यान्वयनका सन्दर्भमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट इन्टर्नेट इमेल सेवा सञ्‍चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्‍चार सेवा प्रदायकहरु लगायत) लाई लकडाउन अवधिभर इन्टर्नेट तथा डाटा सेवामा २५ प्रतिशत छुट दिने व्यवस्थाको लागि आवश्यक निर्देशन जारी गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण
श्रीकुञ्‍ज भवन, कमलादी
काठमाडौं, नेपाल