मोबाइल डिभाईस म्यानेजमेन्ट प्रणाली संचालन सम्बन्धि सूचना

नेपाल दूरसंचार प्राधिकरण
जमल, काठमाडौं
मोबाइल डिभाईस म्यानेजमेन्ट प्रणाली
संचालन सम्बन्धि सूचना 

 

मोबाईल सेटको आयात तथा प्रयोगलाई विश्वस्त तथा भरपर्दो बनाउनको लागि मोबाईल सेटको Type Approval गराई मोबाईल आयात गर्नुपूर्व IMEI Registration गर्नु पर्ने व्यवस्था भएको व्यहोरा जानकारी गराईन्छ ।

मोबाइल सेटको स्तर स्वीकृति तथा IMEI NO. दर्ता प्रयोजनको लागि व्यवसायिक मोबाईल आयात कर्ताले नेपाल दूरसंचार प्राधिकरणले संचालन गरेको मोबाईल डिभाईस म्यानेजमेन्ट प्रणालीबाट दर्ता गर्न हुन अनुरोध छ। सो को लागि हाललाई सम्बन्धित व्यवसायीक मोबाईल आयात कर्ताले VPN client प्रयोग गरी प्रणालीमा पहुँच स्थापित गर्न सक्नेछन् । प्रणालीमा पहुँच स्थापित गर्ने क्रममा कुनै प्राविधक समस्या आएमा प्राधिकरणमा सम्पर्क गर्नु हुन अनुरोध छ।

 

नेपाल दुरसंचार प्राधिकरण
जमल काठमाडौ ।
फोनः ०१-५३५५४७४
Web site: www.nta.gov.np
Email: info@mdms.gov.np