तार व्यवस्थापन गर्ने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

तार व्यवस्थापन गर्ने कार्यका लागि

नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना 

प्रकाशित मितिः २०८०/०१/२५

टेलिफोन तथा इन्टरनेट लगायतको तारहरु सडक छेउको पोलहरुमा गुजुल्टो भएको, चुडिएको तथा लत्रिएकोले शहरी सुन्दरतामा ह्रास पुग्न जानुको अलवा दुर्घटना समेत हुन गरेकोले यसरी प्रयोगमा नआएको, गुजुल्टिएको,चुडिएको तथा लत्रिएको तार हटाई व्यवस्थित गर्न देहाय बमोजिमको Route Plan अनुसार तार व्यवस्थापन गर्ने कार्य योजना तय गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

क) माईतिघर देखि एयरपोर्ट

ख) त्रिपुरेश्वर देखि महाराजगञ्ज

ग) न्यूरोड – वसन्तपुर हुदैँ असन

घ) माईतिघर – पुतलीसडक हुदैँ नारायणहिटी

ङ) भद्रकाली – नारायणहिटी – कमलादी हुदैँ रानीपोखरी

च) डिल्लीबजार – अनामनगर हुदै BICC Ring

छ) नक्साल – वालुवाटार हुदैँ शीतलनिवास

ज) माईतिघर – त्रिपुरेश्वर हुदैँ कलकीं

झ) लैनचौर – अस्कल – रानिवारी हुदैँ सामाखुशी

ञ) सोह्रखुट्टे – ढल्को – ताहाचल हुदैँ स्वयम्भु

ट) सिनामंगल – पुरोनो वानेश्वर हुदैँ गौशला

ठ) गौशला – वौद्वनाथ

ड) कालिमाटी – कुलेश्वर हुदैँ बल्खु

माथि उल्लेखि भए बमोजिमका रूटहरूमा क्रमशः तारहरू व्यवस्थित गर्ने कार्यक्रम रहेको हुदाँ सबै सेवाप्रदायकहरू लाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागीताका लागि यसै सूचना मार्फत निर्देश गरिएको छ ।सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नं. खुल्ने गरी तारमा ट्याग हुनुपर्ने व्यहोरा समेत जानकारी गराईन्छ। तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाईएमा सो को जिम्मेवार स्वमं सेवाप्रदायकनै हुने व्यहोरा जानकारी गराईन्छ।  साथै, सेवाप्रदायकहरूले आफ्नो नेटवर्क विकास तथा विस्तार गर्दा अनिवार्य रूपमा यस प्राधिकरणबाट जारी गरिएको “Directives for Laying and Maintaining Optical Fibre Network” बमोजिम हुने गरी मात्र तार व्यवस्थापन गर्ने गराउने कार्य गर्नुहुन समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।

नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौँ, नेपाल

फोनः ‌९७७ -१-५३५५४७४

Email: info@nta.gov.np, ntra@nta.gov.np

Web: https://nta.gov.np/