श्री एस्किना केवल नेटवर्क प्रा.लि. को इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

श्री एस्किना केवल नेटवर्क प्रा.लि. को इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

 प्रथम पटक प्रकाशित मिति: २०८०/०७/२४

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री एस्किना केवल नेटवर्क प्रा.लि., दिव्यनगर, चितवनले अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १.१२५) नविकरणका लागि समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस प्रा.लि.ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं ।

फोन नं. ९७७-५३५४६८१, फ्याक्स ९७७-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np