दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सीको स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्ने/नगराउने सम्वन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचना

दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सीको स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्ने/नगराउने सम्वन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट
जारी गरिएको सार्वजनिक सूचना

यस प्राधिकरणको स्वीकृति बेगैर विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने L6 GHz ( 5.925 GHz to 6.425 GHz ) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी (Microwave Frequency) प्रयोग गर्न सक्ने भन्ने बुझिएकोले कसैले पनि स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न/नगराउन सम्बन्धीत सबैलाई सुचित गरिन्छ | प्राधिकरणबाट अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ | प्राधिकरणबाट अनुमति नलिई गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई थाहा/जानकारी भएमा तल उल्लिखित ठेगानामा सम्पर्क/सूचित गरिदिनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिएको छ |

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
जमल, काठमाडौँ, नेपाल
फोन नं. ९७७-१-५३५४७४
Email: info@nta.gov.np, URL: www.nta.gov.np