ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड नेटवर्क निर्माण सम्बन्धमा जरुरी सूचना

 ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड नेटवर्क निर्माण सम्बन्धमा जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७७/१०/१५)

 

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित देहाय बमोजिमका परियोजनाहरुका कार्य सम्पन्न भएको व्यहोरा अनुरोध छ।उल्लेखित जिल्लाहरुका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरुमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित सेवा प्रदायकलाई उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न हुन अनुरोध छ।साथै त्यहाँबाट समस्या सम्बोधन नभएको खण्डमा यस प्राधिकरणको फोन नं. ०१-४२५५४७४ Ext: २५०/२५२ मा सम्पर्क गर्न हुन समेत अनुरोध छ।

 

क्रसं.

परियोजना सञ्चालन भएका जिल्लाहरु

परियोजना सञ्चालन गर्ने सेवा प्रदायक

परियोजना सञ्चालन गर्ने सेवा प्रदायकको सम्पर्क टेलिफोन नम्बर

१.

ताप्लेजुङ, संखुवासवा र सोलुखुम्बु

मर्कन्टायल कम्युनिकेशन्स प्रा. लि.

०१-४४४५९२०/ ४४४०७७३

टोल फ्रि नं. १६६००१-००८२२

२.

अछाम, बझाङ्ग र बाजुरा

मर्कन्टायल कम्युनिकेशन्स प्रा. लि.

टोल फ्रि नं. १६६००१-८८४४४

०१-४४४५९२०/ ४४४०७७३

३.

बैतडी, डडेल्धुरा, दार्चुला र डोटी

भायानेट कम्युनिकेशन्स् लिमिटेड

०१-५९७०४४४/ ९८०१०४६४१०

टोल फ्रि नं. १६६००१-००८२२

४.

जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम

वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड

०१- ५९७००५०, ९८०१५२३०५०

टोल फ्रि नं. १६६००१-५५०५०

५.

डोल्पा, जुम्ला, हुम्ला र मुगु

वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड

०१- ५९७००५०, ९८०१५२३०५०

टोल फ्रि नं. १६६००१-५५०५०

६.

दैलेख, सुर्खेत र सल्यान

टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

०५६-५२२२२२/ ५३१२२२२

टोल फ्रि नं. १६६०५६५१२२२

७.

मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी

टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

०५६-५२२२२२/ ५३१२२२२

टोल फ्रि नं. १६६०५६५१२२२

८.

पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ

टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

०५६-५२२२२२/ ५३१२२२२

टोल फ्रि नं. १६६०५६५१२२२

 

उपरोक्त जिल्लाहरुको कुनै पनि नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्र/अस्पतालहरुमा ईन्टरनेट सेवा जडान हुन छुट भएको भए १५ दिन भित्र यस प्राधिकरणमा जानकारी गराउन हुन समेत अनुरोध छ।साथै उक्त जिल्लाहरुका सर्वसाधारणले ईन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी यस प्राधिकरणबाट स्वीकृत दरमा ईन्टरनेट सेवा जडान गराई सेवा प्राप्त गर्न समेत अनुरोध छ ।

 

 

नेपाल दूरसञ्चार प्राधिकरण

कमलादी,काठमाडौँ ,नेपाल |

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ४२५५४७४/४२५६३७१

फ्याक्स नं.: +९७७-१ ४२५५२५०

इमेल: info@nta.gov.np

वेवसाइट: www.nta.gov.np