सूचना प्रविधि प्रयोगशाला सम्वन्धि TOT तालिम सम्वन्धमा

सूचना प्रविधि प्रयोगशाला सम्वन्धि TOT तालिम सम्वन्धमा

(प्रकाशित मिति: २०७७/१२/१८)

यस प्राधिकरणबाट सामुदायिक विद्यालयहरुबाट प्रस्तावहरु माग गरी सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५, अनुरुप छनौट भएका विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भएको छ | सोहि कार्य विधिमा प्राधिकरण र विद्यालयको काम कर्तव्य र अधिकारी तोकिएको छ र सोहि अनुसार प्राधिकरण र छनौट भएका विद्यालयहरु विच MEMORANDUM OF UNDERSTANDING (MOU) समेत भएको छ | सो MOU अनुसार ३ दिने Training of Trainer (ToT) course को तालिका प्राधिकरणको वेबसाइट www.nta.gov.np मा राखिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ | सो तालिममा सम्वन्धित सवै विद्यालयहरुले उक्त प्रयोगशाला संचालन गर्ने सम्वन्धित २ जना कर्मचारी तथा शिक्षकलाई सहभागी गराई दिनु हुन समेत अनुरोध छ | उक्त तालिममा सहभागी हुने कर्मचारी तथा शिक्षकको खाना तथा बसोबासको व्यवस्था यस प्राधिकरणले मिलाउने व्यहोरा समेत सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ | यस सम्बन्धी विस्तृत जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np हेर्नहुन वा फोन नं ९८०२०४२५२३ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादि, काठमाडौं
फोन नं. : +९७७ –१–४२५४६८१
फ्याक्स नं. : +९७७ –१–४२५५२५०
पो.ब.नं.: ९७५४
ई–मेल : ntra@nta.gov.np
वेभसाइट: www.nta.gov.np