Digital VAS सेवा सञ्‍चालन गर्न चाहने व्यक्ति प्राधिकरणमा सूचीकृत हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

Digital VAसेवा सञ्‍चालन गर्न चाहने व्यक्ति प्राधिकरणमा सूचीकृत हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः-२०८०/०४/१८ गते)

Digital Value-Added Services (DVAS) सेवालाई नियमनको दायरामा ल्याउने उद्देश्यले नेपाल दूरसञ्‍चार प्राधिकरणबाट “विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services (DVAS)) सञ्‍चालन सम्बन्धी कार्यविधि, २०८०” जारी गरिएको हुँदा DVAS सेवा सञ्‍चालन गर्न चाहने व्यक्तिले नियम अनुसार सेवा सञ्‍चालन कार्य योजना लगायतको विवरणहरु सहित प्राधिकरण समक्ष निवेदन पेश गर्नुपर्ने व्यहोरा जानकारी गराइएको छ । साथै यो कार्यविधि लागू हुनु पूर्व DVAS सेवा सञ्‍चालन गरिरहेका व्यक्ति/संस्थाले आफूले सञ्‍चालन गरेका DVAS सेवाको विवरण संलग्न गरी प्राधिकरण समक्ष सूचीकरणको लागि १४ असोज, २०८० भित्र कार्यविधिमा उल्लेखित कागजात सहित निवेदन पेश गर्नहुन समेत जानकारी गराइन्छ ।साथै थप जानकारीको लागि उक्त कार्यविधि प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको व्यहोरा अनुरोध छ ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण,

जमल, काठमाण्डौ

पो.ब. नं: 9754

फोननं: +977-1-5355474, फ्याक्सः +977-1-5355250

Email: ntra@nta.gov.np, info@nta.gov.np