लैंगिक हिंसासंग सम्बन्धित संवेदनशील सामग्रीहरु प्रकाशन (Host/Post) तथा प्रसारण (Delivery/Transmission) गर्दा सजग हुनुपर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

लैंगिक हिंसासंग सम्बन्धित संवेदनशील सामग्रीहरु प्रकाशन (Host/Post) तथा प्रसारण (Delivery/Transmission) गर्दा सजग हुनुपर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

लैंगिक हिँसासंग सम्बन्धित विषयहरु विशेष गरी बलात्कार, यौनजन्य दूर्व्यवहार, जबरजस्ती करणी, जबरजस्ती करणीको प्रयास जस्ता सामाजिक अपराधसंग सम्बन्धित घटनाहरुलाई कुनै पनि व्यक्ति वा संस्थाले सामाजिक संजाल लगायत विभिन्न डिजिटल माध्यमहरुमा सार्वजनिक गर्दा कुनै पनि किसिमको गोपनियता, गाम्भीर्यता र संवेदनशीलताको ख्याल नगरी कार्य गर्ने गरेको कारण पीडित तथा प्रभावितहरु थप पीडामा परी हतोत्साहित भएर आत्महत्यासम्मका प्रयास गरेको भन्ने बुझिन आएकोले नागरिकहरुको  सम्मानित जीवन बाँच्न पाउने अधिकार नै हनन हुने खालका यस प्रकारको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरु तथा दूरसञ्चार सेवा प्रयोगकर्ताहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |

 

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्रीकुञ्जभवन, कमलादी, काठमाडौं, नेपाल
फोन नं : ४२५५४७४, फ्याक्स नं : ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np