नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

जरुरी सूचना
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौ

 

यस प्राधिकरणबाट सामूदायिक माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने, विभिन्न जिल्लाहरुका स्थानिय निकाय, सामूदायिक माध्यमिक विद्यालय तथा अस्पताल एवं स्वास्थ्य चौकीहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लगायतका विभिन्न परियोजनाहरु सञ्चालन भइरहेको सम्बन्धमा विभिन्न स्थानहरुमा केही मानिस यस प्राधिकरणबाट अनुगमनमा चेक जाँच गर्न आएको भनि पैसा उठाउने जस्ता कार्य भएको जानकारी प्राप्त भएकोले यस प्राधिकरणबाट सञ्चालित सम्पूर्ण परियोजनाहरु निशूल्क रुपमा उपलब्ध गराइएको तथा उक्त परियोजनाहरुको अनुगमनको लागि यस प्राधिकरणबाट नियुक्त परामर्शदाता वा प्राधिकरणकै कर्मचारी स्वयं खटिने व्यवस्था रहेकोले अनुगमनको लागि आउने व्यक्तिको परिचय पत्र वा प्राधिकरणको पत्र हेरी मात्रै अनुगमन तथा निरिक्षण गर्न लगाउन हुन अनुरोध छ।यदि कसैले शूल्क लिने वा माग गरेको खण्डमा यस प्राधिकरण, सम्बन्धित सेवा प्रदायक वा नजिकैको प्रहरी कार्यालयमा यथाशिघ्र खबर गर्नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६३७१
फ्याक्स नं.: +९७७-१ ४२५५२५०
इमेल: ntra@nta.gov.np
वेवसाइट: www.nta.gov.np