दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ जारी गरिएको सम्बन्धी सूचना

( प्रथम पटक प्रकाशित मिति: २०७९/११/१४)

 

अन्तर्राष्ट्रिय रुपमा प्रचलित दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी मापदण्ड , प्रविधिमा भएको विकासक्रम तथा विद्यमान सेवाको गुणस्तर सम्बन्धी समस्याहरुलाई समेत सम्बोधन गर्ने उद्धेश्यले दूरसञ्‍चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७३ उपर समयानुकुल परिमार्जन गर्दै  नेपाल दूरसञ्‍चार प्राधिकरणबाट “ दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९” जारी गरिएको व्यहोरा दूरसञ्‍चार सेवाप्रदायक लगायत सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | साथै उक्त विनियमावली प्राधिकरणको वेबसाइट (Bylaw Regarding Telecom Service Quality 2079) मा उपलब्ध रहेको र मिति २०८०/०१/०१ बाट लागू हुने व्यहोरा समेत जानकारी गराईएको छ |

 

नेपाल दूरसञ्‍चार  प्राधिकरण

जमल, काठमाडौ

जी.पी.ओ. बक्स: ९७५४

फोन नं.: ९७७-०७-५३५५४७४

फ्याक्स नं.: ९७७-१-५३५५२५०

इमेल : info@nta.gov.np

वेबसाइट: htpps://www.nta.gov.np