Mobile Device Management System (MDMS) कार्यान्वयन सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

Mobile Device Management System (MDMS) कार्यान्वयन सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

प्रकाशित मितिः २०८०/०१/३०

 

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न  २०८० जेष्ठ ०१ गते देखि MDMS प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।  व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू MDMS  प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ। नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत  प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। 

१) राहदानी/नागरिकता |

२) Departure Stamp र  Arrival Stamp देखिने राहदानीको  पृष्ठ  वा बोर्डिङ पास |

 

नेपाल भित्र मोवाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन जानकारी गराइन्छ | साथै मोबाइल आयातकर्ता/ विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्नु हुन जानकारी गराइन्छ |

यस सम्बन्धी थप जानकारीका लागि भन्सार विभागबाट मिति २०८०/०१/२९ गते जारी भएको “यात्रुहरुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन” सम्बन्धी सूचना हेर्नुहुन जानकारी गराइन्छ |    

 

नेपाल दूरसञ्‍चार प्राधिकरण, जमल, काठमाण्डौं

पो. ब. नं.: ९७५४

फोन नं: +९७७-१-५३५५४७४

फयाक्स् : ९७७-१-५३५५२५०

Email: ntra@nta.gov.np, info@nta.gov.np