अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित Website, App, अनलाइन सञ्जालको विषयमा जानकारी उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी सार्वजनिक सूचना

अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित Website, App, अनलाइन सञ्जालको विषयमा जानकारी उपलब्ध गराउन

नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी सार्वजनिक सूचना

 

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको Virtual Currency र Network Marketing लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित Website, App, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल (Disable) तथा कालो सूचीमा राख्न आवश्यक देखिएकोले त्यस्तो Website, App वा अनलाइन सञ्जालको नाम वा सोसंग सम्बन्धित कुनै जानकारी उपलब्ध छ भने प्राधिकरणको तल उल्लेखित इमेल ठेगानामा जानकारी गराउन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएकोले यस प्रकारका कार्यहरु नगर्न तथा नगराउनुहुन समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ | साथै कसैले यस प्रकारका क्रियाकलापहरु गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ |

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
जमल, काठमाडौँ, नेपाल
फोन नं:+९७७-५३५४६८१, +९७७-५३५४७१७
Email: info@nta.gov.np, URL: www.nta.gov.np