विदेशी अपरिचित नम्बरमा फोन (Call Back) गर्न नहुने वारे प्राधिकरणको अत्यन्त जरुरी सूचना

विदेशी अपरिचित नम्बरमा फोन (Call Back) गर्न नहुने वारे प्राधिकरणको अत्यन्त जरुरी सूचना

विदेशी अपरिचित फोन नम्बरहरुबाट नेपालको मोबाइल नम्बरहरुमा Missed Call तथा Message हरु आएको र यसबाट सेवाग्राहीहरुलाई पुग्न गएको असुविधा प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ | Wangiri Scam (One-Ring Scam) भनेर चिनिने यस प्रकारको Missed Call Scam विगतमा पनि आउने गरेकोमा प्राधिकरणले सो को रोकथामको लागि दूरसंचार सेवा प्रदायकहरुलाई निर्देशन दिईसकेको भएतापनि फोन नम्बर परिवर्तन गरी फरक फरक विदेशी नम्बरहरुबाट यस प्रकारको Missed Call तथा Message हरु आउने भएकोले यसको रोकथामको कार्य चुनौतीपूर्ण रहेको छ | सेवाग्राहीहरु आफैले त्यस्तो अपरिचित विदेशी नम्बरमा फोन(Call Back) नगरेसम्म वा अपरिचित व्यक्तिबाट आएको Message मा Click नगरेसम्म कुनै हानी नहुने भएकोले त्यस्ता अपरिचित नम्बरहरुबाट आएको फोनमा Call Back नगर्न र प्राप्त Message, Link आदिमा Click नगर्न (Delete गर्न सकिने) र त्यस्ता नम्बरहरुको बारेमा प्राधिकरणको ईमेल ठेगाना info@nta.gov.np मार्फत जानकारी गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ|

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी, काठमाण्डौ
फोन: ४255474 Fax: ४255250
Email: info@nta.gov.np
Website: www.nta.gov.np