स्मार्ट टेलिकम प्रा.लि.बाट असुल उपर गर्नु पर्ने बक्यौता बारे अत्यन्त जरुरी सूचना

सार्बजनिक सूचना

स्मार्ट टेलिकम प्रा.लि.बाट असुल उपर गर्नु पर्ने बक्यौता बारे अत्यन्त जरुरी सूचना |

प्रकाशित मिति: २०८०/०२/०८

स्मार्ट टेलिकम प्रा. लि. ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) वमोजिम मिति २०८०/१/३ देखि स्वतः रद्द भएकोले निजले नेपाल सरकार, प्राधिकरण तथा अन्य संस्थाहरुलाई तिर्न बुझाउनु पर्ने रकम असुल उपर गर्नका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम निजको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको छ ।

स्मार्ट टेलिकम प्रा. लि. लाइ नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (मिति २०८०/०१/२१ गते) स्मार्ट टेलिकम प्रा. लि. बाट संस्था/सर्वसाधारण व्यक्तिलाइ तिर्न/बुझाउनु पर्ने  बक्यौता निज प्रा.लि कै दायित्व भएको हुँदा सम्पूर्ण दायित्व स्वयम् स्मार्ट टेलिकम प्रा. लि. नै व्यहोर्नु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाण्डौ फोन नं. +९७७-१-५३५४६८१

फ्याक्स: +९७७-१-५३५५२५०

ई-मेल ntra@nta.gov.np पो.ब.न. ९७५४