दूरसञ्चार सेवा प्रदायकहरुलाई
नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना !
(प्रथम पटक प्रकाशित मिति २०७९|०६|०२)

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने र स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यस्था रहेको छ | साथै कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय Cross Subsidy को रुपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको छ |

हाल कतिपय इन्टर्नेट सेवा प्रदायकहरुले इन्टर्नेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आईरहेका छन | यसरि इन्टर्नेट सेवा बाहेक अन्य सेवाहरु संचालन गर्ने क्रममा इन्टर्नेट सेवा, आई.पी.टि.भी. सेवा र ONU (Optical Network Unit) तथा राउटरहरुको प्याकेज बनाई केहि सेवा निशुल्क (Free of Cost) समेत प्रदान गर्ने गरि Bundling गरी प्रचार प्रचार गरेको पाईएको छ | यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट Cross Subsidy समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था बिपरीत Bundling जस्ता गैरकानूनी कार्य नगर्नु/नगराउनुहुन सरोकारवाला तथा सम्बन्धित सवै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

साथै विद्यमान कानूनी व्यवस्था बिपरीत गैरकानूनी रुपमा Bundling गरी सेवा संचालन गरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यसै सूचनाद्वारा अवगत गराईन्छ |

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाण्डौं ।
फोन नं. ९७७–१–५३५५४७४, ५३५७१७
फ्याक्स्ः ९७७–१–५३५५२५०
पो.ब.नं.९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np