श्री नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशन प्रा.लि., ललितपुरको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

श्री नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशन प्रा.लि., ललितपुरको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/०६/२६

नेपाल दूरसञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था श्री नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशन प्रा.लि., स्टिल टावर, लोक चोक, जावलाखेल, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं. भी.ज.६-२३) नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै नेटवर्क सेवा प्रदायकको संचालन गरे वापत नियमानुसार तिर्न/बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्नु/बुझाउनु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ । अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत यसै सुचना द्वारा जानकारी गराईन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
अनुमतिपत्र व्यवस्थापन शाखा
जमल, काठमाण्डौ फोन नं. +९७७-१-५३५४६८१
फ्याक्स: +९७७-१-५३५५२५०
ई-मेल ntra@nta.gov.np पो.ब.न. ९७५४