अनुमतिपत्र खारेज भएको सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज भएको सम्बन्धि अत्यन्त जरुरी सूचना
प्रकाशित मिति: २०८०/०१/२०



नेपाल दूरसञ्‍चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री स्मार्ट टेलिकम प्रा.लि., कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-01) नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरि निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्‍चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्‍चार पूर्वाधार संरचना, दूरसञ्‍चार प्रणाली र दूरसञ्‍चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सुचित गरिएको छ |


नेपाल दूरसञ्‍चार प्राधिकरण
अनुमतिपत्र व्यवस्थापन शाखा
जमल, काठमाण्डौ फोन नं. +९७७-१-५३५४६८१
फ्याक्स: +९७७-१-५३५५२५०
ई-मेल: ntra@nta.gov.np पो.ब.न.: ९७५४