इन्टर्नेट (ईमेल) सेवाको अनुमतिपत्र स्वत: रद्द भएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

इन्टर्नेट (ईमेल) सेवाको अनुमतिपत्र स्वत: रद्द भएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/०२/३२

 

यस प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहितको) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त तपशिल बमोजिमका सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले निज  सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तपसिल बमोजिमका सेवा प्रदायकहरुले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न/बुझाउन पर्ने रकम यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र जम्मा गरी यस कार्यालयमा सम्पर्क गर्न समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

तपसिल 

सि. नं.

सेवा प्रदायकको नाम 

अनुमतिपत्रको किसिम

अनुमतिपत्र नं.

अनुमतिपत्र प्रदान गरिएको मिति

अनुमतिपत्र स्वतः भएको मिति 

१.

श्री बशिष्ठ केबल नेट प्रा.लि.,सुन्दरहरैचा-१२, मोरङ। 

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१४२ 

२०७५/१०/०६

२०८०/१०/०६

२. 

श्री इन्फो नेट टेक्नोलोजी प्रा.लि.,विराटनगर-४, मोरङ। 

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१४३

२०७५/१०/०८

२०८०/१०/०८

३. 

श्री सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रा.लि., चन्दननाथ-६, जुम्ला।  

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१४४

२०७५/११/१० 

२०८०/११/०९

४. 

श्री एसिया नेट कम्युनिकेशन प्रा.लि., दमक-५, झापा। 

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१४८

२०७५/१२/११  

२०८०/१२/११

५. 

श्री फास्ट स्पिड लिंक नेटवर्क  प्रा.लि., रेसुंगा, गुल्मी। 

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१४९ 

२०७५/१२/१३ 

२०८०/१२/१३

६. 

श्री यस नेट नेपाल प्रा.लि., मिथिला बिहारी-३, धनुषा।  

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१५० 

२०७५/१२/२६  

२०८०/१२/२६ 

७. 

श्री मिथिला डिजिटल नेपाल प्रा.लि., काठमाण्डौ। 

इन्टर्नेट (इ-मेल सहित)

फि.ज. १-१५२

२०७६/०१/१६ 

२०८१/०१/१६

 

नेपाल दूरसञ्चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं।

फोन नं. ९७७-०१-५३५४६८१, फ्याक्सः ९७७-०१-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np