Mobile Device Management System (MDMS) मा व्यक्तिगत मोबाइल दर्ता गर्ने सम्बन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS प्रणाली सञ्चालनमा ल्याईएको छ। यसबाट विद्यमान कानूनी सुविधा (नेपाल सरकारको OGL सुबिधा) अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाइल सेटहरुलाई https://mdms.nta.gov.np/individual-registration मा गई नियमानुसार MDMS प्रणालीमा दर्ता गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाण्डौं ।
फोन नं.: ९७७–१–५३५५४७४, ५३५७१७
फ्याक्स् नं.: ९७७–१–५३५५२५०
पो.ब.नं.: ९७५४
Email: mdms@nta.gov.np, Website: www.nta.gov.np