Mobile Device Management System (MDMS) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धी
नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

प्रकाशित मिति: २०७९/०९/०९

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रुपमा लागू गरेको Mobile Device Management System (MDMS) २०७९ पौष १५ गते देखि पूर्ण रुपमा कार्यन्वयनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (MDMS प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्र भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालय बाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुहुन अनुरोध छ। नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुदाँ व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्र सहित राहदानि/नागरीकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गर्न सकिने हुदाँ सोही अनुरूप एकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्नुहुन समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।

नेपाल दूरसञ्चार प्राधिकरण
जमल,काठमाडौँ।
फोन नं.: ५३५५४७४,५५३४७१७
वेबसाइटः www.nta.gov.np
ईमेलः info@nta.gov.np