सेवाग्राहीको विवरण सार्वजनिक गर्न नहुने बारे प्राधिकरणको अत्यन्त जरुरी सूचना

सेवाग्राहीको विवरण सार्वजनिक गर्न नहुने बारे प्राधिकरणको
अत्यन्त जरुरी सूचना

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रा.लि.को ग्राहक प्रणाली(CRM)मा साइबर हमला(Cyber Attack) गरी सेवाग्राहीहरुको व्यक्तिगत विवरण सार्वजनिक भएको विषयमा प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ | भायानेट प्रा.लि.ले तुरन्त सम्बन्धित प्रणालीको कमजोरीलाई हटाएको (patched the vulnerability) र इन्टरनेट सेवाग्राहीहरुको विवरणलाई सुरक्षित गरीसकेको जानकारी गराएको छ | साथै उक्त कम्पनीले हमला गर्ने व्यक्तिको खोजी सम्बन्धित निकायबाट भईरहेको र भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेको छ | अतः इन्टरनेट सेवाका ग्राहकहरुको विवरण कसैलाई अनधिकृत रुपमा प्राप्त हुन आएमा त्यस्तो विवरण कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न/नगराउनु हुन र प्राधिकरणलाई त्यस्तो व्यक्तिको बारेमा तुरुन्त जानकारी गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। यो सुचनाको अवज्ञा गरी कसैले विवरण सार्वजनिक गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी, काठमाण्डौ
फोन: ४255474 Fax: ४255250
Email: info@nta.gov.np
Website: www.nta.gov.np