नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको

नेपाल  विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको

अत्यन्त जरुरी सूचना

नेपाल विद्युत प्राधिकरणबाट केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा Internet सेवा अवरुद्ध हुन पुगी बैंकिंग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको छ |

अत: दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ | यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण गम्भीर दुख: व्यक्त गर्दछ | राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौ | साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ |

 

नेपाल दूरसञ्चार प्राधिकरण
जमल ,काठमाडौँ
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-५३५५४७४
फ्याक्स: +९७७-१-५३५५२५०
इमेल: info@nta.gov.np
वेबसाइट: www.nta.gov.np