ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड नेटवर्क निर्माण सम्बन्धमा जरुरी सूचना

 ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड नेटवर्क निर्माण सम्बन्धमा जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७६/१०/१३)

 

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी प्रदेश नं. २ अन्तर्गतका ८ जिल्लाहरु धनुषा, महोत्तरी, सप्तरी, सिराहा, बारा, पर्सा, रौतहट र सर्लाही  जिल्लाहरुका नगरपालिका, गाउँपालिका तथा सो मातहतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरुमा ब्रोडब्याण्ड नेटवर्क निर्माण गरी कम्तिमा ५१२ kbps क्षमताको ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउन यस प्राधिकरणबाट सेवा प्रदायक श्री सुबिसु केबलनेट प्रा.लि. लाई छनौट गरिएकोमा सेवा प्रदायकबाट उक्त कार्य सम्पन्न भएको व्यहोरा अनुरोध छ।उक्त स्थानहरुमा उपलब्ध गराइएको सेवा सम्बन्धमा कुनै गुनासो भए सेवा प्रदायकको Toll Free Number: १६६००१५९९९९ मा सम्पर्क गर्न हुन अनुरोध छ।साथै त्यहाँबाट समस्या सम्बोधन नभएको खण्डमा यस प्राधिकरणको फोन नं. ०१-४२५५४७४ Ext: २५२ मा सम्पर्क गर्न हुन अनुरोध छ।

उक्त जिल्लाहरुको कुनै पनि नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरुमा Internet नपुगेको भए १५ दिन भित्र यस प्राधिकरणमा जानकारी गराउन हुन समेत अनुरोध छ।साथै उक्त जिल्लाहरुका सर्वसाधारणले Internet जडान गरी सेवा लिनु परेमा श्री सुबिसु केबलनेट प्रा.लि.सँग सम्पर्क गरी यस प्राधिकरणबाट स्वीकृत दरमा Internet जडान गराई सेवा प्राप्त गर्न समेत अनुरोध छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

कमलादी,काठमाडौँ ,नेपाल |

जि. पि. ओ. बक्स: ९७५४

फोन नं.: +९७७-१- ४२५५४७४/४२५६३७१

फ्याक्स नं.: +९७७-१ ४२५५२५०

इमेल: info@nta.gov.np

वेवसाइट: www.nta.gov.np