अश्लिल सामग्रीहरु भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्ने सम्बन्धमा

अश्लिल सामग्रीहरु भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्ने सम्बन्धमा

उपरोक्त सम्बन्धमा विश्वका धेरै राष्ट्रहरूमा कोरोना भाईरस (कोभिड–१९) फैलिरहेको अवस्थामा नेपालमा पनि उक्त भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न नेपाल सरकारबाट देशभरि नै लकडाउन घोषणा गरेको तहाँहरुलाई बिदितै छ | यस्तो लकडाउनको अवस्था तथा अन्य अवस्थामा समेत इन्टरनेटको माध्यमबाट बालबालिका विरुद्ध हुन सक्ने अनलाईन दुर्व्यवहार रोक्न तथा सुरक्षित इन्टरनेट सेवा प्रवाह हुने व्यवस्था गर्न अश्लिल (चलचित्र तथा तस्वीर लगायत) सामग्रीहरु भएका साइटहरु(URL, IP Address लगायत) मा पहुँच नपुग्ने व्यवस्था गर्न अनुरोध गरिन्छ |

नेपाल दूरसञ्‍चार प्राधिकरण
श्रीकुञ्‍ज भवन, कमलादी
काठमाडौं, नेपाल