बक्यौता रकम दाखिला गर्न श्री युनाइटेड टेलिकम लिमिटेडको नाममा जारी गरिएको अत्यन्त जरुरी सूचना

बक्यौता रकम दाखिला गर्न श्री युनाइटेड टेलिकम लिमिटेडको नाममा जारी गरिएको अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८१/०२/२५

 

नेपाल दूरसञ्चार प्राधिकरणबाट श्री युनाइटेड टेलिकम लिमिटेडलाई मिति २०७३/०५/२० मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-02) प्रदान गरिएको । निज सेवा प्रदायकले अनुमतिपत्रको शर्त बमोजिम दूरसञ्चार संचालन गरे वापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न/बुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुर वापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार बिकास कोष लगायतका दस्तुर वापतको जम्मा रकम रु.७,४२,९३,९१,३३७.१२ (मिति २०८१ जेष्ठ मसान्तसम्म कायम हुन आएको जम्मा बाँकी रकम) यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बुझाउनुहुन जानकारी गराइन्छ । साथै उक्त समयावधिभित्र बाँकी बक्यौता नबुझाएमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, काठमाडौं, नेपाल ।

जि.पि.ओ. बक्स. ९७५४

फोन नं. ‌+९७७-१-५३५५२५०

फ्याक्स नं. +९७७-१-५३५५२५०

इमेलः ntra@nta.gov.np, वेवसाइटः www.nta.gov.np