इन्टरनेट (इमेल सहित) सेवा संचालनको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुको लागि नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

इन्टरनेट (इमेल सहित) सेवा संचालनको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुको लागि

नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको

अत्यन्त जरुरी सूचना

 

प्रकाशित मिति: २०८०/०८/१२

 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८०|०७|२७ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन  दिइसकेको र उक्त विषयमा प्राधिकरणबाट मिति २०८०/०७/२८ र २०८०/०८/०२ मा सार्वजनिक सूचना पनि प्रकाशन गरिसकेकोमा संलग्न सूचीमा उल्लेखित इन्टरनेट (इमेल सहित) सेवा संचालनको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुबाट हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएकोले २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन यो सूचना प्रकाशन गरिएको छ। संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुगमन महाशाखा

जमल, काठमाण्डौ

फोनः ५३५५४७४, फ्याक्सः ५३५५२५०

ईमेल: info@nta.gov.np, वेबसाइट: www.nta.gov.np