सिमकार्ड बिक्री वितरण सम्बन्धमा मोवाइल सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

सिमकार्ड बिक्री वितरण सम्बन्धमा मोवाइल सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक विक्रेताहरु मर्फत सिमकार्ड विक्री वितरण गरिरहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले अब उप्रान्त सिमकार्डको विक्री वितरण गर्दा तथा हराएको वा विग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति भई ग्राहकको सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोाजिमको अन्य परिचय पत्रहरु) सँग प्रतिलिपी रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरी तथा ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउन यसै सूचनाद्वारा सम्बन्धीत सबै मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरिएको छ । साथै निरिक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुने व्यहोरा समेत सम्बन्धीत सवैमा जानकारी गराईन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्री कुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन न :४२५५४७४ फ्याक्स : ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np