रोयल्टी रकम तथा ग्रामीण दूरसञ्‍चार बिकास कोष रकम जम्मा गर्ने सम्बन्धी अन्यन्त जरूरी सूचना |

रोयल्टी रकम तथा ग्रामीण दूरसञ्‍चार बिकास कोष रकम जम्मा गर्ने सम्बन्धी अन्यन्त जरूरी सूचना |

प्रकाशित मिति: २०८०/०६/१६

 

नेपाल दूरसञ्‍चार प्राधिकरणवाट अनुमतिपत्र प्राप्त केहि सेवा प्रदायकहरुले दूरसञ्‍चार सेवा संचालन गरे वापत कूल आम्दानीको ४% ले हुन आउने रोयल्टी र २% ले हुन आउने ग्रामीण दूरसञ्‍चार विकास कोष रकम नियमानुसार नेपाल सरकार तथा प्राधिकरणमा दाखिला गर्नु पर्नेमा पटक-पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गरेको नपाइएको हुँदा तिर्नु बुझाउनु पर्ने बक्यौता रकम यथाशिघ्र दाखिला गरी प्राधिकरणमा जानकारी गराउनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। हालसम्म तिर्न बुझाउन बाँकी रहेको सम्पूर्ण बक्यौता रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही अगाडी बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं ।

फोन नं. ९७७-५३५४६८१, फ्याक्स ९७७-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np