दूरसञ्चार उपभोक्ताहरुसंग सम्बन्धित गुनासो दर्ता गर्ने सम्बन्धी सूचना !

दूरसञ्चार उपभोक्ताहरुसंग सम्बन्धित गुनासो दर्ता गर्ने सम्बन्धी सूचना !

यस नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरि दूरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले प्रदान गरेको दूरसञ्चार सेवाका सम्बन्धमा समस्या भएमा दूरसञ्चार उपभोक्ताहरुले सम्बन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा यस प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत गुनासो व्यवस्थापन गरिदै आएको छ | हाल दूरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित एवं प्रभाबकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो ब्यबस्थापन प्रणाली (Complaint Handling System) समेत तयार गरि सोझै प्राधिकरणको Website मा राखिएको “गुनासो ब्यबस्थापन प्रणाली (Complaint Handling System)” मा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरेको ब्यहोरा सम्पूर्ण दूरसञ्चार उपभोक्ता तथा सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ |

 

नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्त हित संरक्षण शाखा
कमलादी, काठमाण्डौं ।
फोन नं.:- ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९,
फयाक्स् :- ९७७–१–४२५५२५०
पो.ब.नं.:-९७५४
Email:- ntra@nta.gov.np,
Website: www.nta.gov.np