कोरोना भाइरस कोषमा रकम जम्मा गरिएको सम्बन्धमा प्राधिकरणवाट जारी सूचना

कोरोना भाइरस कोषमा रकम जम्मा गरिएको सम्बन्धमा प्राधिकरणवाट जारी सूचना

 विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस COVID-19 रोगको संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्धारा खोलिएको “कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा प्राधिकरणका पदाधिकारीहरु तथा कर्मचारीहरुको तर्फवाट तपशिल वमोजिमले हुने कूल रु ४,५६,०४१।१५ (अक्षरुपी चार लाख छपन्न हजार एकचालिस रुपिया पन्ध्र पैसा) रकम जम्मा गरिएको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

तपशिलः

सि.नं पदाधिकारी रकम कैफियत
१. अध्यक्ष १५ दिनको तलब बरावरको रकम  
२. ब.निर्देशक तथा निर्देशक ७ दिनको तलब बरावरको रकम  
३. उपनिर्देशक तथा स. निर्देशक ५ दिनको तलब बरावरको रकम  
४. सहायक तथा अन्य सवै श्रेणीविहिन कर्मचारीहरु ३ दिनको तलब बरावरको रकम  

साथै प्राधिकरणको कोषवाट ब्यहोर्ने गरी यस अघि नै रु १५,००,००,०००।०० (अक्षरुपी पन्ध्र करोड रुपिया) उक्त कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राधिकरणको निर्णयानुसार जम्मा गरिसकिएको छ । प्राधिकरणवाट दूरसंचार सेवाको अनुमतिपत्र प्राप्त सवै सेवा प्रदायकहरुलाई पनि उक्त कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आ-आफ्नो तर्फवाट यथाशक्य सहयोग गर्न यसै सूचना मार्फत अनुरोध समेत गरिएको छ ।

 

नेपाल दूरसंचार प्राधिकरण

कमलादी, काठमाडौं ।

२०७६।१२।३०