भिडियो प्रतियोगितामा भाग लिन थप समय उपलब्ध गराइएको सम्बन्धी सूचना

भिडियो प्रतियोगितामा भाग लिन थप समय उपलब्ध गराइएको सम्बन्धी सूचना

 

नेपाल दूरसंचार प्राधिकरण र सिर्जनशिल समाज नेपालको संयुक्त आयोजना, राष्ट्रिय बाल अधिकार परिषदसँगको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस (Safer Internet Day, 2022) मनाउने सन्दर्भमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगितामा भाग लिन 7th February, 2022 मा पहिलो पटक सूचना प्रकाशन गरिएकोमा बालबालिकाहरुको सहभागिता बढाउनको लागि थप दुई दिनको समयावधि उपलब्ध गराईएकोले फागुन ४, २०७८ राति ११:५९ भित्र (१६ फेब्रुअरी २०२२, राति ११:५९ भित्र) भिडियो पठाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | साथै भिडियो प्रतियोगिता सम्बन्धि विस्तृत जानकारीको लागि यस अघि प्रकाशित सूचना (https://nta.gov.np/content/b-8) समेत हेर्नुहुन अनुरोध गर्दछौ |

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, कान्तिपथ

काठमाडौं

फोन: ५३५५४७४

फ्याक्स: ५३५५२५०

Website: www.nta.gov.np