निर्वाधरुपमा आफ्नो काममा आवत जावत गर्न का लागि आवश्यक सहजीकरणका सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

निर्वाधरुपमा आफ्नो काममा आवत जावत गर्न का लागि  आवश्यक  सहजीकरणका सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको सूचना

“उपरोक्त सम्वन्धमा विश्वभर फैलिरहेको कोरोना भाईरस COVID-19 को  संक्रमणको विरुद्ध नेपाल सरकारले देशभर लागु गरेको Lockdown को अवस्थामा पनि यो सेवा आवश्यक सेवा सञ्चालन ऐन, २०१४  तथा  अत्यावश्यक सेवा र  औधोगिक व्यवसाय ऐन, २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त सेवा  भएकोले सातै दिन चौबिसै घण्टा निरन्तर दूरसञ्चार सेवा सञ्चालन गर्न देशभर  बिभिन्न दुरसंचार सेवा संचालन गर्ने सँस्थाहरुले निर्माण गरेको BTS  टावरहरुको मर्मत  सम्भार गर्न  र सिम कार्डहरुको व्यवस्थापनका लागि  खटीएका सँस्थाका प्राबिधिक तथा कर्मचारीहरुलाई आफ्नो Duty को बखत देशको  विभिन्न ठाउँमा सवारीसाधान आवत–जावतमा रोकावट गर्ने, सवारी चालक तथा  कर्मचारीहरु माथि अभद्र ब्यबहार गर्ने, कुटपिट तथा  गालीगलौज गरी  सावरीसाधान समेत जफत गरी राख्ने जस्ता कार्यहरु भएको भनी जानकारी प्राप्त  भएको छ । तसर्थ बिभिन्न निकायहरुका प्रतिनिधिहरु,  स्थानीय निकायका  पदाधिकारी तथा स्थानीय बासिन्दा एवं नागरीक समाजका सम्पूर्ण  प्रतिनिधिहरुमा दुरसंचार सेवा संचालन गर्ने सँस्थाहरुले निर्माण गरेको  BTS टावरहरुको मर्मत तथा सम्भारमा खटिएका प्राबिधिक, कर्मचारी तथा  सहयोगीहरुलाई निर्वाधरुपमा आफ्नो काममा आवत जावत गर्न का लागि  आवस्यक  सहजीकरणका लागि  सम्बन्धित सबैमा अनुरोध  गरिन्छ ।”

नेपाल दूरसञ्‍चार प्राधिकरण
श्रीकुञ्‍ज भवनकमलादी
काठमाडौंनेपाल