इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

इन्टरनेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०/०८/२७

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित)को  दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेका तपसील बमोजिमका सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नबिकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेकोले निजहरुको  अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज हुन् गएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न/बुझाउन पर्ने रकम/ दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न / बुझाउन हुन अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

अनुमतिपत्र खारेज भएका सेवा प्रदायकहरु 

सि. नं.

सेवा प्रदायकको नाम 

अनुमतिपत्रको किसिम 

अनुमतिपत्र नं. 

अनुमतिपत्र प्रदान मिति 

अनुमतिपत्र समाप्त मिति 

१. 

श्री युनाइटेड टेलिकम लिमिटेड, पुतलीसडक, काठमाडौं 

इन्टर्नेट (इ-मेल सहित) 

फि.ज. १-५०

२०६०/०७/०५ 

२०८०/०७/०५ 

२. 

श्री म्याक्स नेट सोलुसन प्रा.लि., कोटेश्वर, काठमाडौं

इन्टर्नेट (इ-मेल सहित) 

फि.ज. १-१३८ 

२०७५/०८/०६ 

२०८०/०८/०६  

३. 

श्री चितवन नेटवर्क प्रा.लि. 

इन्टर्नेट (इ-मेल सहित) 

फि.ज. १-१३९ 

२०७५ /०८/१२ 

२०८०/०८/१२  

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

अनुमतिपत्र व्यवस्थापन शाखा

जमल, काठमाडौं ।

फोन नं. ९७७-५३५४६८१, फ्याक्स ९७७-५३५५२५०

Email: ntra@nta.gov.np, URL: www.nta.gov.np