दूरसञ्‍चार टावर निर्माण तथा संचालन सम्बन्धी नेपाल दूरसञ्‍चार प्राधिकरणको अन्त्यन्त जरूरी सूचना

दूरसञ्‍चार टावर निर्माण तथा संचालन सम्बन्धी
नेपाल दूरसञ्‍चार प्राधिकरणको
अन्त्यन्त जरूरी सूचना

(प्रकाशित मिति: २०७६/९/२५)

मोबाइल टेलिफोनको विकाससँगै जमीनमा निर्माण एवं जडान गरिने र घरका छतमा जडान गरिने टावरको रुपमा बेस ट्रान्सिभर स्टेशन (बिटिएस) मास्ट संरचना वा टावरको उल्लेख्य मात्रामा वृद्धि भइरहेको सन्दर्भमा त्यस्ता टावर निर्माणमा एकरुपता कायम गर्न, निश्चित मापदण्ड तथा विधि तय गरी शहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्न नदिन ,वातावरणमा पर्नसक्ने नकारात्मक असरलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न आवश्यक भएकोले सम्बन्धित सेवा प्रदायकहरुवाट यस्ता संरचना निर्माण तथा संचालन गर्दा “दूरसञ्‍चार टावर निर्माण तथा संचालन सम्बन्धी विनियमावली, २०७६” अनुरुप मात्र गर्न गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | विनियमावली प्राधिकरणको वेबसाइट www.nta.gov.np मा उपलब्धरहेको छ |

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल
जि.पि.ओ. बक्स: ९७५४
फोन: +९७७-१-४२५५४७४
फ्याक्स: +९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np