हराएको वा भेट्टिएको मोवाईल सेटको बारेमा प्राधिकरणमा जानकारी गराउने वारे अत्यन्त जरुरी सूचना

हराएको वा भेट्टिएको मोवाईल सेटको बारेमा प्राधिकरणमा जानकारी
गराउने वारे अत्यन्त जरुरी सूचना

मोवाईल फोनसेटको पहिचानको रुपमा हरेक मोवाईल फोनसेटमा International Mobile Equipment Identity (IMEI)/Electronic Serial Number (ESN)/Mobile Equipment Identity(MEID) हरु रहेका हुन्छन् । प्राधिकरणको सिफारिसमा मात्र नेपालमा मोवाईल फोनसेटहरु आयात गरिन्छन् । तसर्थ नेपालमा आयात भएका सबै मोवाईल फोनसेटको रेकर्ड नेपाल दूरसञ्चार प्राधिकरणसंग रहेको हुन्छ भने नेपालमा प्रयोग भईरहेका सबै मोवाईल फोन सेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुसंग रहेको हुन्छ । त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोवाईल फोनसेट Tracking गर्नको लागि “Mobile Tracking” सेवा सबैको लागि उपलब्ध गराएको छ । तपाईंको मोवाईल फोनसेट हराएको छ भन प्राधिकरणको वेभसाईट www.nta.gov.np मा उपलब्ध वेभ लिंक https://eir.nta.gov.np/main/individual/track मा गई निवेदन दिन सक्नु हुनेछ । त्यस्तै कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ । तर यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै “Mobile Tracking” गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ । तसर्थ प्राधिकरणले उपलब्ध गराएको “Mobile Tracking” को सेवा प्रयोग गर्न, हराएको मोवाईल फोनसेट भेटीएमा फिर्ता गर्न र त्यस्तो फोनसेट कसैले पनि खरिद गरी प्रयोग नगर्न सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्री कुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन नं: ४२५५४७४, फ्याक्स नंस: ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np