App बाट Mobile/Fixed telephone मा हुने फोनकल सम्बन्धमा जारी गरिएको सूचना

App बाट Mobile/Fixed telephone मा हुने फोनकल सम्बन्धमा

जारी गरिएको सूचना

(प्रकाशन मितिः २०७८/०४/१९)

नेपाल भित्र Viber, Skype जस्ता विभिन्न App हरुको रिचार्ज कार्डहरु बिक्री वितरण हुने गरेको र Viber out, Skype out जस्ता App को feature को प्रयोग गरी नेपालका दूरसंचार सेवा प्रदायकहरुको मोवाइल नेटवर्क तथा ल्याण्डलाइन टेलिफोनमा कुराकानी हुने गरेको बुझिन आएकोले र यस प्रकारको कार्य दूरसंचार ऐन, नियम विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न/नगराउनु हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।साथै यस प्रकारका क्रियाकलाप गर्ने वा गराउने गरेको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

अनुगमन महाशाखा

जमल, काठमाण्डौं

फोन नं. +९७७-5354681

इमेल – info@nta.gov.np

वेभसाइट – www.nta.gov.np