टिकटक (Tiktok) को पहुँचमा तत्काल रोक लगाउने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

टिकटक (Tiktok) को पहुँचमा तत्काल रोक लगाउने सम्बन्धमा नेपाल दूरसञ्‍चार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ। प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसंचार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारवाही हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईएको छ।

PDF Notice

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

राष्ट्रिय नाचघर, जमल

काठमाण्डौ, नेपाल

फोनः ५३५५४७४, फ्याक्सः ५३५५२५०

ईमेल: info@nta.gov.np, वेबसाइट: www.nta.gov.np