बागमती प्रदेशको रत्ननगर क्षेत्रमा मोवाइल सेवाको गुणस्तर मापन सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना

बागमती प्रदेशको रत्ननगर क्षेत्रमा मोवाइल सेवाको गुणस्तर मापन सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सूचना 

प्रकाशित मितिः २०८०/०२/३१ गते

 

मोवाइल सेवाको  गुणस्तर कायम गर्न आ.व. २०७९/०८० को प्रथम त्रैमासिकमा भएको Drive-Test अन्तर्गत बागमती प्रदेशको रत्ननगर क्षेत्रमा दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली२०७३  बमोजिमको मोवाइल सेवाको  गुणस्तर कायम नभएको देखिएको विषयमा नेपाल दूरसंचार कम्पनी लि.  तथा एनसेल आजियाटा लि. लाई   प्राधिकरण व्यवस्थापनको मिति २०७९/११/१५ को निर्णयानुसार स्पस्टीकरण माग गरी  उक्त मोवाइल सेवाको गुणस्तर सुधार गर्न २ महिनाको अवधि दिई सोको जानकारी प्राधिकरणलाई गराउन निर्देशन भएकोमा  नेपाल दूरसञ्चार कम्पनी लि. र  एनसेल आजियाटा लि.ले रत्ननगर खण्डमा  Network Optimization तथा  पुन: drive Test गरी प्राधिकरणमा पेश गरेका उल्लेखित सूचकहरु सहितका प्रतिवेदनहरू सरोकारवालाको जानकारी तथा पृष्ठपोषणको लागि यसै सूचनाद्वारा सार्वजनिक गरिएको व्यहोरा जानकारी गराईन्छ।

संलग्न

NTA Initial Log Files Analysis Report

Nepal Telecom Drive Test Report after NTA’s Instruction

Ncell Axiata Drive Test Report after NTA’s Instruction

 

नेपाल दूरसञ्‍चार प्राधिकरण

सेवा गुणस्तर स्तरीकरण शाखा

जमल, काठमाडौँ

फोन नं.: ९७७-५३५४७१७, ९७७-५३५४६८१

Email: info@nta.gov.np, URL: www.nta.gov.np