ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत भूकम्प प्रभाबित ११ जिल्लाहरुमा प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत भूकम्प प्रभाबित ११ जिल्लाहरुमा प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

(सूचना प्रकाशन गरिएको मितिः २०७७/०६/२७)

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत भूकम्प प्रभाबित ११ जिल्लाहरु (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) का ईन्टरनेट सेवा नपुगेका स्थानिय निकायहरु (नगरपालिका/ गाँउपालिका र वडा कार्यालय), सामूदायिक स्वास्थ्य संस्थाहरु तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा दुई बर्ष सम्म निशुल्क ब्रोडब्याण्ड ईन्टरनेट सेवा उपलब्ध गराउने निति रहेता पनि कोभिड-१९ को संक्रमणको कारण थप केही समय निशुल्क रुपमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा उपलब्ध गराउदै आएकोमा अब उप्रान्त सम्बन्धित निकायहरुले प्राधिकरणबाट स्वीकृत गरेको महशुल दरमा मात्र सेवा प्रदायकहरुसंग सम्झौता गरी ईन्टरनेट सेवाको उपभोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोनः ४२५५४७४
ईमेलः info@nta.gov.np