ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरु मार्फत प्रदान गरिएको ब्रोडब्याण्ड ईन्टरनेट सेवा सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७७/०३/१९)

 

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित सम्पूर्ण स्थानिय निकायहरु (नगरपालिका, गाँउपालिका र वडा कार्यालय), स्वास्थ्य संस्थाहरु (हेल्थ पोष्ट, हेल्थ सेन्टर र सामुदायिक अस्पताल) तथा सामूदायिक माध्यामिक बिद्यालयहरुमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा पुर्याउने क्रममा बिभिन्न सेवा प्रदायक मार्फत देहाय बमोजिम ४१ जिल्लाहरुमा शतप्रतिशत कार्य सम्पन्न भइसकेको भनी सेवा प्रदायकबाट जानकारी भएको तथा बाँकी जिल्लाहरुमा लकडाउन खुला भए पछी जडानको कार्य तदारुकताका साथ अगाडी बढाईने ब्यहोरा जानकारी गराईन्छ ।

कार्य सम्पन्न भएका ४१ जिल्लाहरु

क्रसं. जिल्ला सेवा प्रदायक
1. काभ्रे नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
2. सिन्धुपाल्चोक
3. रसुवा
4. नुवाकोट
5. दोलखा मर्कन्टायल कम्युनिकेशन्स प्रा. लि.

 

 

6. रामेछाप
7. सिन्धुली
8. ओखलढुङ्गा
9. गोरखा सुबिसु केबल नेट प्रा. लि.

 

 

10. धादिङ
11. मकवानपुर
12. बारा
13. पर्सा
14. रौतहट
15. सर्लाही
16. धनुसा
17. सप्तरी
18. सिरहा
19. महोत्तरी
20. जाजरकोट वर्ल्ड लिंक कम्युनिकेशन लि.
21. कालिकोट
22. रोल्पा
23. पूर्ब रुकुम
24. पस्चिम रुकुम
25. डोल्पा
26. हुम्ला
27. जुम्ला
28. मुगु
29. बैतडी भायानेट कम्युनिकेशन प्रा. लि.

 

 

30. डडेलधुरा
31. दार्चुला
32. डोटी
33. ताप्लेजुङ्ग मर्कन्टायल कम्युनिकेशन्स प्रा. लि.

 

 

34. सोलुखुम्बु
35. संखुवासवा
36. अछाम
37. बजाङ्ग
38. बाजुरा
39. दैलेख टेक माईन्ड्स नेटवर्क प्रा. लि.
40. सुर्खेत
41. सल्यान

 

साथै निज सेवा प्रदायकहरुसँग भएको सम्झौता बमोजिम सर्बसाधरण सबैलाई माग बमोजिम (On Demand) प्राधिकरणको स्वीकृत दररेटमा ईन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने ब्यबस्था रहेको ब्यहोरा जनाकारीका लागि अनुरोध छ ।अतः उपरोक्त सेवा प्रदायकबाट माग बमोजिम प्राधिकरणको स्वीकृत दररेटमा ईन्टरनेट सेवा उपलब्ध नभएको भए यस प्राधिकरणमा जानकारी गराउनु हुन समेत अनुरोध छ।

नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी
काठमाडौं, नेपाल
फोन : ४२५५४७४
ईमेलः info@nta.gov.np