दूरसञ्चारका CPEs (Home Based Router and ONT/ONU) को मापदण्ड तोकिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

दूरसञ्चारका CPEs (Home Based Router and ONT/ONU) को मापदण्ड तोकिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७९/०४/३१)

इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन,२०५३ को दफा १३(च) र दफा १४ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १५(क) बमोजिम Minimum Requirement of CPE Devices(Home Based Router and ONT/ONU) सहितको मापदण्ड निर्धारण गरिएकोले सम्वन्धित सवैको जानकारी एवं कार्यान्वयनका लागि यो सूचना प्रकाशित गरिएको छ | उल्लेखित दूरसञ्चारका Home Based Router and ONT/ONU को आयात तथा प्रयोग गर्नुपुर्व प्राधिकरणवाट स्तर स्वीकृति(Type Approval)गराएर मात्र आयात तथा प्रयोग गर्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक लगायत सरोकारवालाहरु सवैको जानकारीका लागि सूचित गरिन्छ | प्राधिकरणवाट तोकिएको उक्त मापदण्ड सहितको Minimum Requirement of CPE Devices प्राधिकरणको वेबसाइट www.nta.gov.np मा समेत उपलब्ध रहेको व्यहोरा सम्बन्धित सवैलाई सूचित गरिन्छ |

 

नेपाल दूरसञ्चार प्राधिकरण
जमल, काठमाडौँ ।
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-०१- ५३५५४७४
फ्याक्स नं.: +९७७-१-५३५५२५०
इमेल: info@nta.gov.np
वेवसाइट: www.nta.gov.np