मोवाइल सेवाको सिमकार्ड/रिमकार्ड बिक्रि वितरण सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

मोवाइल सेवाको सिमकार्ड/रिमकार्ड बिक्रि वितरण सम्बन्धमा
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

सेलुलर मोवाइल सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले एकै व्यक्तिको नाममा धेरै वटा सिमकार्ड (SIM Card) वा रिमकार्ड (RUIM Card)विक्री वितरण गर्दा सिमकार्ड/रिमकार्डको दूरुपयोग हुन सक्ने र दूरसञ्चार सम्बन्धी विभिन्न अपराधहरुमा प्रयोग हुन सक्ने तथा स्वयम् सिमकार्ड/रिमकार्ड लिने व्यक्ति आफू नै सुरक्षा खतरामा पर्न सक्ने, साथै धेरै वटा सिमकार्ड/रिमकार्ड प्रयोग गर्दा व्यक्तिको डिजिटल भुक्तानी र बैंकिङ्ग प्रणाली समेत सुरक्षा खतरामा पर्न सक्ने भएकोले एकै व्यक्तिको नाममा निम्नानुसारको संख्यामा मात्र सिमकार्ड/रिमकार्ड विक्री वितरण गर्नुहुन सम्बन्धित सेवा प्रदायक संस्थाहरुलाई निर्देशन जारी गरिएको छ |

(१) प्रत्येक सेवा प्रदायकहरुले एकै व्यक्तिको नाममा दुईवटा मात्र सिमकार्ड/रिमकार्ड विक्री वितरण गर्न सक्ने । तर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको हकमा सि.डि.एम.ए (CDMA)प्रविधिको समेत गरी एकै व्यक्तिको नाममा जम्मा तीन वटासम्म सिमकार्ड/रिमकार्ड विक्रि वितरण गर्न सक्ने ।
(२) नाबालिगको हकमा अभिभावकले नाता प्रमाणित गरिएको कागजात र प्राधिकरणले सिमकार्ड प्राप्त गर्न तोकेको अन्य कागजातहरु समेतको आधारमा नाबालिगले प्रयोग गर्ने प्रयोजनको लागि सेवाप्रदायकहरुले नाबालिगको नाममा एउटा मात्र सिमकार्ड वा रिमकार्ड विक्रिवितरण गर्न सक्ने ।

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्रीकुञ्जभवन, कमलादी
काठमाडौं, नेपाल
फोन नं : ४२५५४७४ , फ्याक्स नं: ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np