इन्टर्नेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

इन्टर्नेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

इन्टरनेट सेवाको गुणस्तर सम्बन्धि गुनासोहरुलाई सम्बोधन गर्न इन्टर्नेट सेवा प्रदायक र सेवाग्राही बीच भएको सम्झौता अनुसार सेवाग्राहीले कुन कुन समयमा के कति इन्टरनेट ब्याण्डविड्थ (Internet Bandwidth/Throughput) प्राप्त गरिरहेका छन् सेवाग्राहीले सजिलै बुझ्ने र सेवाग्राही आफैले हेर्न सक्ने व्यवस्था गर्न इन्टर्नेट सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरुलाई निर्देशन जारी गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकरी गराईन्छ |

नेपाल दूरसञ्चार प्राधिकरण
अनुगमन महाशाखा
श्रीकुञ्ज भवन, कमलादी, काठमाडौं, नेपाल
फोन नं : ४२५५४७४, फ्याक्स नं : ४२५५२५०
Email: info@nta.gov.np, URL: www.nta.gov.np