टिकटक (Tiktok)को प्रयोग/पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

टिकटक (Tiktok)को प्रयोग/पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा

नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना

नेपाल सरकार मन्त्रिपरिषद्को २०८०|०७|२७ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकिएको र सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्बयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटक (Tiktok) मा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भईरहेको भए प्राधिकरणको इमेल ठेगाना content@nta.gov.np मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ |

PDF Notice

नेपाल दूरसञ्‍चार प्राधिकरण

राष्ट्रिय नाचघर, जमल

काठमाण्डौ, नेपाल

फोनः ५३५५४७४, फ्याक्सः ५३५५२५०

ईमेल: content@nta.gov.np, वेबसाइट: www.nta.gov.np